तमुहरुको सुन्दर गाउँ – याङ्जाकोट

– रत्न बहादुर तमु, केन्द्रीय सल्लाहकार, तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
याङ्जाकोट तमु जातिको एउटा ऐतिहासिक गाउँ हो । तमु भाषमा याङ्जाकोटलाई ‘योँचुँक्वे’ भनिन्थ्यो । यसको प्रारम्भिक नाम योँव(केहि कुरा पाउनु) चुँब(कुनै काम थालनि गर्नु) र क्वे शब्दबाट भएको हो । ‘योँचँुक्वे’ भन्दाभन्दै अपभ्रंश भएर ‘योँजुक्वे’ भयो ।  अनि नेपाली भाषामा हल्का प्रचलित नाम‘याङ्जाकोट’ रहन गएको हो । तमु भाषाको यो ‘योंव’ र ‘चुँब’ दुई शब्दको अर्थ अनुसार ‘पाउनु’ र ‘थालनीगर्नु’ भन्नाले कसले के कुरा पायो र के कुराको थालनी गरेर यस्तो नाम रहन गएको होला भन्ने सन्दर्भमा लमजुङ्गका राजा यशोब्रह्म शाहको पालामा लामा थरका तमुको सिक्लेस नेहज(प्रथम बासस्थान) बाट कुग्याल्बू क्ह्रोँगी लामा प्हुजुक्वे(याङ्जाकोटको पुरानो नाम) आएपछि उनले ६ गाउँको नाम छडी, पगरि र उमराली पद पाए । तिनै कुग्याल्बु क्ह्राेंगी लामा तमुले कोट खडा गरे । त्यसैबाट ‘योचुँक्वे’ नाम रहेको ऐतिहासिक तथ्य भेटिन्छ ।

याङ्जकोट मादी गंगाको बायाँ किनारामा अवस्थित छ । वि.सं. २०३२ सालमा यो लमजुङ्गबाट कास्की जिल्लामा गाभिएकोले यो र यो सँगै गाभिएका अन्य गाविसलाई नयाँ कास्की पनि भनिन्छ । यसको पूर्वी सिमाना पच्यू खोला, पश्चिममा फल्हेब्रा, उत्तरमा हिमाल र दक्षिणमा तार्कङ् हो यसलाई उत्तरदेखि दक्षिणसम्म मादी गंगाले छेकेको छ ।

यहाँ विभिन्न थरीका जात–जाति बसोबास गरेका छन् । यसको दक्षिण र पूर्वी भागमा बाहुन क्षेत्रीको बाहुल्यता छ । अन्य भागमा गुरुङ्ग, कामी, दमै र अल्पसंख्यामा तामाङ्ग जाती बस्दछन् । यहाँका मानिसहरुको मुख्य पेशा कृषि नै हो । दक्षिणतर्फ फर्केको भू–भाग भएकोले पारिलो खेतियोग्य जमिन छ । लेक र बेंसि ्िरदेशमा हुने सबै प्रकारका बालिनालीको राम्रो उब्जनी हुन्छ । यहाँका तमुहरुको पुख्र्याैली पेशा भेडापालन हो । विकासको क्रमले यो पेशा अपनाउने तमुहरु नगन्य छन् । लाहुरे हुने पेशाले गर्दा भेँडापालन ओझेलमा परेको देखिन्छ । लाहुरे पेशा अपनाउनु भन्दा पहिले भेँडापालन तमुहरुको राम्रो अर्थोपार्जनको माध्यम थियो । बरुवाल भेँडाको उनबाट राडि पाखि बुन्ने काम हुन्थ्यो । भेँडाबाट दूध, घ्यू र मल प्राप्त हुन्थ्यो । तमु संस्कृतिमा खास गरेर हाम्रा आदी पूरोहित पच्यू क्याह्ब्रीँ  मृत्यू संस्कार कर्म गर्दा भेँडाको प्रयोग हुन्छ । ‘क्होक्यु’ ‘थुक्यु’ गर्दा यो नभै संस्कार कर्म नै चल्दैन । हाम्रो तमुस्योहरुले बुनेका राडिपाखिको वर्णन कौटिल्यको अर्थशास्त्रमा पनि भेटिन्छ ।
प्राकृतिक श्रोत र साधनमा याङ्जाकोट धेरै धनि छ । हिमालदेखि बेशी प्रदेशसम्मका भू–भागमा लेकाली बन जडिबुटी देखि लिएर सालजस्ता बलियो काठ प्राप्त हुने जंगल छ । खोला नालामा मादी, रुदी र अन्य स–साना खोलाहरु छन् । खाल्टे खोलाबाट वर्षात् कालमा कुलोद्वारा धान खेतमा सिञ्चाई गरिन्छ । मादी गंगा र जडिबुटीको राम्रो उपयोग हुन सकेको छैन ।

जनसंख्याको हिसाबाले याङ्जाकोटमा तमुहरुको संख्या घट्दो छ । सम्पन्न तमुहरु शहर बजार तर्फ आकर्षित भई बसोबास गर्न थालेकोले ग्रामीण अर्थव्यवस्था कमजोर भएको छ । अन्य जातका मानिसहरु पनि विदेश गएर केहि अर्थोपार्जन गरेपछि गाउँ छोड्ने प्रवृत्ति बढेको छ । आर्थिक दृष्टिकोणले तमुहरु खासगरि लाहुरे पेशामा चाहिँ सम्पन्न छन् । अन्य जातका र लाहुरे नभएका तमुहरु निम्न वर्गमा पर्दछन् ।

याङ्जाकोटमा सडक यातायतको राम्रो सुविधा भएमा त्यहाँको प्राकृतिक साधनको राम्रो उपयोग हुन सक्छ । मादी गंगाको अविरल बगिरहने पानी बाट बिजुली उत्पादन, सिंचाइृ र मत्यसपालन गर्न सकेमा त्यहाँका मानिसको आर्थिक अवस्था राम्रो हुने सम्भावना छ । याङ्जाकोट जस्तो तमु ऐतिहासिक गाउँमा ‘होम स्टे’ जस्ता पर्यटन व्यवसाय संचालन गर्न सकेमा पनि स्वदेशमा नै त्यहाँको मानिसहरुको जीवन स्तर माथि उठ्न सक्छ । याङ्जाकोटको को पूजा त्यहाँका क्ह्रोंगी लामा तमुहरुले परापूर्व कालदेखि खासगरेर कोट स्थापना भएयता चलाउँदै आएका छन् । हालमा तिनै क्ह्रोंगी लामा तमुका संवत् एघारौं पुस्ताका दरसन्तानमा पर्ने प्रा.डा. जगमान गुरुङ्गले कोटको पूजाको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । आशा छ भविष्यसम्म यो कोटको अस्तित्वले याङ्जाकोटको इतिहास जीवित रहने छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s