Archive | February 2012

छ यो रोगको कुनै ओखती?

     -किशोर नेपाल

माओ त्सेतुङ बीसौँ शताब्दीका महान् क्रान्तिकारी राजनेता थिए भन्नेमा उनका विरोधीहरुसमेत सहमत छन्। आधुनिक चीनको निर्माणमा मात्र होइन, चीनलाई उदारवादी अर्थतन्त्रको बाटोमा अग्रसर गराउन पनि माओको महत्वपूर्ण भूमिका थियो। अमेरिका-चीनबीचको शत्रुतापूर्ण सम्बन्धलाई विच्छेद गराउने मजबुत फलामे ढोकामा लागेको भोटे ताल्चा खुलाउन माओले प्रयोग गरेको पिङपङ साँचोँ विश्व कूटनीतिको इतिहासमा अद्भूत र अपूर्व प्रयोग मानिन्छ। यही साँचोले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र विदेश मन्त्री हेनरी किसिन्जरलाई विश्व कूटनीतिको इतिहासमा स्थापित गराएको थियो। एसियाको पारम्परिक शक्ति सन्तुलनलाई यसैले विस्थापित गराएको थियो। अन्ततः माओको पिङपङ साँचोले चीनमा आर्थिक उदारवादको ढोका खोल्यो। आजको चीनले गरेको अद्भूत आर्थिक उन्नति त्यसैको परिणाम हो।

माओको लामो नेतृत्वकालमा उनले थुप्रै गल्ती गरेका थिए। तर, उनी आफ्नो अन्तर-आत्माको तहमा गल्ती भएको स्विकार्न हिचकिचाउँदैनथे। उनको यौन जीवनदेखि अनेक उटपटाङ लीलाहरुका विस्तृत विवरण समेटिएका हजारौँ किताब लेखिएका छन्। ती विवरणले कतै पनि उनको राजनीतिक साख खस्काउन सकेका छैनन्। ती किताबको हैसियत राजनीतिक मनोरञ्जनभन्दा माथि स्थापित हुन सकेन। चिनियाँ इतिहासको सबैभन्दा कालो पक्ष मानिँदै आएको सांस्कृतिक क्रान्तिकालमा चीन ठूलो संकटमा थियो। त्यही बेला चीन भ्रमणपछि विश्वप्रसिद्ध लेखिका तथा चिन्तक सिमोन द बुभाले टिप्पणी गरेकी थिइन्, ‘माओको साम्यवादी शासनले यस्तो कल्याणकारी राजतन्त्रको छनक दिन्छ जहाँ पण्डितजस्तो सम्राट्ले प्रजाको सम्पूर्ण आस्थामाथि विजय प्राप्त गरेको हुन्छ। माओको शासनमा चिनियाँ जनजीवन आनन्दमग्न रहेजस्तो अनूभूत हुन्छ।
जीवनको अन्त्यतिर, सन् १९७५ मा माओले आफ्नो अन्तिम सन्देशमा भनेका थिए, ‘तीन जनाले बढी र एउटाले कम’अर्थात् चाउ एनलाईले बढी आराम गर्नुपर्छ, तेङ स्याओ पिङले बढी काम गर्नुपर्छ, वाङले बढी पढ्नुपर्छ र चियाङचिङले कम बोल्नुपर्छ।’
माओको यो सन्देश तत्कालीन चीनका नेताहरुका लागि मात्रै थिएन। साम्यवादी दर्शनको माओवादी बाटोमा हिँड्ने सबै माओवादीका लागि थियो। कतिले यो सन्देश पछ्याए, त्यसको लेखाजोखा गर्ने क्षमता यस स्तम्भकारसँग छैन। नेपालको माओवादी पार्टीमा अहिले देखिएका वरिष्ठ नेताहरुको माओ विचारसँग अलिकति पनि सम्बन्ध छ भने स्तम्भकार यतिमात्र टिप्पणी गर्ने धृष्टता गर्न चाहन्छ, अब मोहन वैद्य ‘किरण’ले बढी आराम गर्नुपर्छ, रामबहादुर थापा ‘बादल’ले बढी पढ्नुपर्छ, बाबुुराम भट्टराईले कम बोल्नुपर्छ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढीभन्दा बढी काम गर्न दिनुपर्छ।
यस्तो होला त? नेपालमा राजनीतिमा लागेका मानिसहरु चाहिनेभन्दा बढी नै आत्मकेन्द्रित हुन्छन्। उनीहरु आफ्नो बखानबाहेक अरु कसैको प्रशंसा सुन्न र गर्न जान्दैनन्। जो अर्काको विचारको उदारपूर्वक प्रशंसा गर्न जान्दैनन्, ती राजनीतिक नेतामात्र बन्छन्। राजनेता बन्ने ह्याउ र हैसियत दुवै हुँदैन तिनमा। जब समाजमा नेतृत्वदायी सर्वमान्य व्यक्तित्वको अभाव हुन्छ, जुवाको जस्तै राजनीतिको लत लागेका मानिसहरुको बर्चस्व ह्वात्तै बढ्छ। आफ्ना अधकल्चा विचारहरुमा अल्मलिएका यस्ता नेताहरु अरुको विचार सुन्नु र आफ्ना कार्यहरुलाई मर्यादित बनाउनुमा भन्दा सबैबाट अलग-थलग बस्न रुचाउँछन्। उनीहरुलाई आफ्नो स्वार्थका लागि मात्र मिडिया चाहिन्छ। अघिपछि मिडिया उनीहरुका लागि चिडचिडाहटको कारण बन्छ।
माओवादी नेताहरुले माओको नेतृत्वलाई परिप्रेक्षमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास पढेका छन् कि छैनन्? त्यो हामीजस्ता सर्वसाधारणले जान्ने कुरा होइन। तैपनि, त्यस पार्टीभित्रका थुप्रै स्वनामधन्य नेताको हाँक-दाँक र चुरीफुरी हेर्दा उनीहरुमा संघर्ष गर्ने क्षमता चुकेको देखिन्छ। संघर्ष गर्ने क्षमता भएका कुनै पनि मानिस नेतृत्वको भर्त्सना गरेर हिँड्दैन। माओले अभाव र दरिद्रताबीच शान्ति र स्थायित्व स्थापित हुनसक्ने कल्पना कहिल्यै गरेनन्। उनले त्यस्तो विचारलाई सधैँ हावादारी बताए। संघर्षको निरन्तरता नभएसम्म देशले उन्नति गर्दैन भन्ने उनको निर्क्योल आजका कतिपय गैरसाम्यवादी देशहरुका लागि पनि उत्तिकै सान्दर्भिक बनेको छ। साँच्चै भन्ने हो भने स्थायी शान्ति र स्थिरता पोखरीमा जमेको पानीजस्ता शब्द हुन्। पोखरीको पानीमा गतिशीलता खोज्न सकिँदैन।
आजको समय सिद्धान्तको टुपी समातेर अघि बढ्न सकिने समय पनि होइन। एक्काइसौँ शताब्दीको पहिलो दिनमै सिद्धान्तको मृत्यु भइसकेको छ। आजको मानिस महादेवले सतीदेवीको लासजस्तै सिद्धान्तको लास काँधमा हालेर हिँड्न तयार छैैन। उसका लागि साम्यवादी वा गैरसाम्यवादी सिद्धान्तहरु प्रेरणाका प्रतिविम्ब र पुञ्जमात्रै हुन्। सन्दर्भमा, वर्तमान नेपाललाई नै हेरे पुग्छ। साम्यवादको सिद्धान्तमा दीक्षित कतिपय नेताहरु अहिले आफूलाई नेपाली भन्न पनि लजाउँछन्। उनीहरु जातीय तथा वर्गीय साम्प्रदायिकताको पुच्छर समातेर राजनीतिको वैतरणी पार गर्न खोज्दैछन्। लोकतान्त्रिक समाजवादको नारा दिने समतावादीहरु उदार अर्थतन्त्रको दलाली गरेर पतनको भासमा जाकिएको जाकियै छन्। समयको आँधीले उडाएर असान्दर्भिक बनाइसकेका अनुदारवादीहरु परिवर्तनकारी शक्तिहरुमा देखिएको विग्रहका कारण रमाउनु रमाएका छन्। सबैले आ-आफ्नो जितको भ्रम पालेका छन्। किनभने हार अपरिहार्य छ भन्ने धेरैथोरै ज्ञान सबैलाई छ।
अहिलेको नेपाली राजनीति राष्ट्रिय त्रासदीका रुपमा विकसित भइरहेको छ। कुनै निश्चित परिकल्पना र निश्चित लक्ष्यबिना सडकको गोलचक्करमा दौडिरहने मानिस कतै पुग्न सक्दैन। हाम्रा राजनीतिज्ञहरुलाई आफू निरन्तर दौडिरहेको देखेर जनता सन्तुष्ट भएझैँ लागेको छ। यो उनीहरुको भ्रममात्रै हो। जनतालाई थाहा छ, नेताहरु लगातार गोलचक्करमा घुमिरहेका छन्। उनीहरुलाई आफ्ना आँखा अघिल्तिर प्रतिक्रियावादको, प्रतिगमनको, प्रतिशोधको भयावह विम्बहरु घुमिरहेको भान भएको छ। भ्रम एकप्रकारको रोग हो जसको उपचार अहिलेसम्म चिकित्सा विज्ञानले खोज्न सकेको छैन। देश व्यवस्थापनको दायित्व बोकेका नेताहरु नै भ्रमको सिकार भएपछि त्यस देशका लागि राजनीति त्रासदी नभएर अरु के हुन सक्छ?
स्तम्भ माओको चर्चाबाट सुरु भए पनि माओवादी पार्टीमात्रै यसको केन्द्र होइन। सबै राजनीतिक पार्टीका नेताहरु अहिले पीडोन्माद रोगले ग्रस्त छन् जसलाई अंग्रेजीमा प्यारानोइया भनिन्छ। पीडा र उन्मादको समीकरणले मानिसलाई विक्षिप्त बनाउँछ। देश व्यवस्थापनको दायित्व लिएका नेताहरु पीडोन्मादले ग्रस्त हुनु र रक्सीले मात्तिएर चुर सैनिकले हातमा मेसिनगन बोक्नु उस्तै कुरा हो। यी दुवै अवस्था समाजका लागि घातक हुन्छन्। देशमा भारीका भारी समस्या खात लागेका छन्। समस्या खोज्ने नेताहरु भने अशक्त अवस्थामा छन्। हरेक दिनको सूर्योदयसँगै नेताहरु जनतालाई आफ्ना समस्या सुनाउँछन्, माओवादीले यसो गरेन, कांग्रेसले त्यसो गरेन, एमालेले उसो गरेन, मधेसीले, जनजातिले’जनताले यी बकम्फूसे भाषण सुनेर के गर्ने? समाधान खोज्नेले समस्या सुनाउने हो र? समाधान खोज्ने दायित्व सकारेकै कारण जनताले चुनावका बेला आफ्नो हात काटेर त्यो जिम्मेवारी दिएका होइनन् र?
जनतालाई त के छ र! ऊ अघिल्लो चरणको संघर्षका लागि पनि तयार छ। ऊ यतिमात्र चाहन्छ, त्यस संघर्षको रुप बदलियोस्। उसले माओ पढेको छैन। लेनिन पढेको छैन। लिंकन, चर्चिल कसैलाई पनि पढेको छैन। यति हो, उसलाई संघर्ष नगरी सफलता हात लाग्दैन भन्ने राम्रो ज्ञान छ। राजनीतिको यो अथाह भवसागरमा डुंगा खियाउन ऊ एउटा बहनाको खोजीमा छ।            -(नागरिक दैनिकबाट साभार)

राष्ट्रपतीय पद्धतिमा जानुपर्ने कारण

         -डा. ऋषिकेशनारायण श्रेष्ठ
                      २१ सौं शताब्दी प्रजातन्त्र प्रत्येक नागरिकको जीवन पद्घति बनेको छ । तर बेलाबखत केही मूर्ख शासकहरूले प्रजातन्त्रलाई आफ्नै अनुकूलतामा व्याख्या गरेका र समय आएपछि आफैं सिद्धिएका धेरै उदाहरण हाम्रासामु छन् । प्रजातन्त्रलाई नबुझ्नु, यसका मूल्यमान्यतालाई समाप्त पार्ने कोसिस गर्नु आफैं समाप्त हुनुसिवाय अरू केही होइन । त्यसैले प्रजातान्त्रिक शासन व्यवस्थाबाट निरकंुशता जन्मिन्छ भन्नु कमजोर मनस्थितिको प्रतिफल मात्र हो । एउटा व्यक्तिको सोच, विचार, इच्छाशक्ति र संकल्पले देश बनाएका प्रशस्त उदाहरण विश्वमा छन् । त्यसैले लोकतान्त्रिक संविधानभित्र बसेर कुनै व्यक्ति निश्चित समयका लागि देश, जनता र संविधानका पक्षमा निरकंुश बन्छन् भने त्यो स्वीकार्य हुनेछ ।

आज यो देशलाई दर्दनाक स्थितिमा पुर्‍याउनमा पार्टी र नेताहरू मात्र दोषी होइनन् । हाम्रो शासनप्रणालीमै केही दोष छ । विगतको संसदीय अभ्यासमा सरकार बनाउने, टिकाउने र गिराउने क्रममा यो देशभित्र केके खेल भए, सबैका सामु प्रस्ट छ । आउँदो पुस्ताले गणतान्त्रिक व्यवस्थाभित्र संसदीय शासन प्रणालीको असफलताबारे एउटा मोटो किताब पढनुपर्ने देखिन्छ । सरकारमा बसेका मन्त्रीहरू भन्छन्- हाम्रा माग पूरा नभए देश नै टुक्रयाइदिन्छु, काठमाडौं उपत्यकालाई नाकाबन्दी गरिदिन्छौं, आफ्नो क्षेत्रमा आगो बाल्छौं । तैपनि सरकार चलाउनेहरू कोही केही भन्न, गर्न सक्दैनन् । यो संसदीय व्यवस्थाको निकृष्ट उपज होइन र ? आफ्नै पार्टीको सरकारलाई पार्टीभित्रको गुटउपगुटले ढाल्ने वा राजीनामा माग्नेजस्तो क्रियाकलाप संसदीय व्यवस्थाको प्रतिफल होइन ?

मिश्रति निर्वाचन प्रणाली अपनाइने भएकाले आगामी चुनावमा कुनै पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम देखिन्छ । यस्तो अवस्थामा यदि हामीले संसद्बाट प्रधानमन्त्री चयन गर्ने शासन प्रणाली नै अपनायौं भने फेरि सरकार टिकाउने वा गिराउने फोहोरी खेल सुरु हुनेछ । अल्पमतले बहुमत भएको पार्टीलाई सञ्चालन गर्ने, नेपाल र नेपालीको पहिचान नाश हुनेखालका सम्झौता गर्नुपर्ने बाध्यता सरकार टिकाउनलाई गर्नुपर्ने हुन्छ ।

अर्कोतिर संविधानसभाबाट बनेको नयाँ संविधान र हालको अन्तरिम संविधानको शासकीय स्वरूपमा खास भिन्नता जनताले पाउनेछैनन् । उही पार्टी, उही नेता, उही सोच र उही संस्कार बोकेकाहरूले जनतामाथि राजनीतिक अराजकता फेरि थोपर्नेछन् । जनआन्दोलनको भावना आमूल परिर्वतन हो तर शासकीय स्वरूपमा भने उही पुरानै राजनीतिक संस्कार कायम राख्ने षड्यन्त्र हुँदै छ । अहिलेको शासन प्रणालीको बहस लोकतान्त्रिक संविधानभित्र स्थायी सरकारका लागि हो । वर्षौंवर्षदेखि राजनीतिक अस्थिरता भोगिरहेका जनताले जसरी भए पनि स्थायित्व चाहेका छन् । स्थायी सरकारबिना केही हुँदैन भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । स्थायी सरकारले देशलाई शक्तिशाली बनाउँछ भन्ने कुरा अमेरिका, चीनजस्ता देशहरूले गरेको प्रगतिबाट नेपाली जनता अनभिज्ञ

्रछैनन् । यही नै समयको माग हो । हाम्रो संसदीय व्यवस्थाको उद्देश्य समावेशीको नाममा मिलेर खाने र पालैपालो प्रधानमन्त्री बनाउने देखिन्छ । अहिलेको आवश्यकता देश र जनतालाई छोटो समयमा शक्तिशाली र समृद्घ बनाउन सक्ने शासन प्रणाली हो । विकसित मुलुकको राष्ट्रपति वा संसदीय शासन प्रणालीका गुण र अवगुणबारे पत्रपत्रिकामा चर्चा भइरहेका छन् । कुनै पनि शासन पद्घति सर्वगुण सम्पन्न हुँदैन । गुण र अवगुणको मात्रा कम र बेसी मात्र हो तर शासन प्रणाली देश, जनता र नेता सुहाउँदो हुनुपर्छ । भागबन्डामा चल्ने संसदीय शासन प्रणाली नेपालका लागि अब अफापसिद्घ भइसक्यो । राजामहाराजाको सालिक ब्यँुतिन्छ कि भनेजसरी तोडफोड वा बसाइँसराइ गराउने परिपाटी बसेको अवस्थामा राजामहाराजासँग लसपस, उठबस र छुवाछुत भएको संसदीय व्यवस्थालाई किन अवलम्बन गर्ने त ? यसलाई पनि नारायणहिटी संग्रहालयमा राखे हुँदैन ? विगतमा सुधारेको पञ्चायत व्यवस्था जनताले त्यागेका थिए भने अब सुधारिएको संसदीय व्यवस्थाको पनि कुनै औचित्य छैन ।

संसदीय व्यवस्थामा विखण्डनकारी नेताहरू विदेशी शक्तिका आडमा मन्त्री बन्न मिल्छ भने जनताको प्रत्यक्ष निर्वाचनबाट राष्ट्रवादी नेताहरू किन कार्यकारी राष्ट्रपति बन्न सक्दैनन् ? विदेशी शक्तिहरूले यहाँ संसदीय व्यवस्था लागू गर्न अथक प्रयास गर्नेछन्, किनभने सरकार बनाउन र ढाल्नमा उनीहरू चलखेल कायम राख्न चाहन्छन् । यस्तो अवस्थामा प्रत्यक्ष चुनावबाट कार्यकारी राष्ट्रपतिको शासन प्रणाली कायम राख्न सक्यौं भने देशले बलियो स्वाभिमानी राष्ट्र प्रमुख पाउनेछ । अर्कातिर देशमा रहेका जल्दाबल्दा समस्याहरू ६० देखि ७० प्रतिशत आफैं समाधान हुने देखिन्छ । हाम्रा धेरै समस्याहरू श्ाासन प्रणालीसँग सम्बन्धित छन् । जहाँसम्म कार्यकारी राष्ट्रपति संविधानभन्दा बाहिर गएर निरकुंश हुनेछन् भन्ने धारणा छ, उनलाई नियन्त्रणमा राख्न संविधानमा धारा-उपधारा जति राखे पनि हुन्छ ।

देशको राजनीतिक खिचलो हेर्दा नयाँ गणतान्त्रिक संविधान जारी गरेपछि पनि देशको राजनीतिक समस्या समाधान हुनेतर्फ होइन, थप समस्याका रूपमा रहने प्रबल सम्भावना छ । धर्मलाई लिएर ठूलो विवाद निस्कनेछ । देशले नौलो संघीयताको सामना गर्नुपर्नेछ । प्रदेशभित्रको राजनीतिक मतभेद, एक प्रदेशको अर्को प्रदेशसँगको वैमनस्यको सामना गर्नुपर्ने देखिन्छ । राष्ट्रिय पार्टीभित्रको गुटउपगुट र अन्तरघातले पनि चरम सीमा नाघ्ने देखिन्छ । यस्तो अवस्थामा बच्न जति सक्यो चाँडो नयाँ संविधान लागू गरी त्यसको छ महिनाभित्र जनताबाट कार्यकारी राष्ट्रपति निर्वाचित गरी केन्द्रमा स्थायी सरकारलाई देशको बागडोर दिन सक्नुपर्छ ।




यि हुन राष्ट्रघाती जनताका दुस्मनहरु : जो अझै युद्दको खेती गरी डलर हसुर्न चाहन्छन

नेपालको आन्तरिक चासोका विषय आफनो ढुकुटी भर्नका निम्ति बेच्ने र आफूलाई अब्बल दर्जाको लोकतन्त्र तथा मानवअधिकारवादी भन्न लाज नमान्ने दीक्षितको माओवादीविरुद्धको यो उग्रआक्रोशको मुख्य कारण भने अहिलेको एकीकृत माओवादीको एकता नै हो ।
                                                              —– 000000—
एसिया फाउन्डेसन नेपाल र हिमाल मिडियाको आवरणमा गरिएको सर्वेक्षणले तत्काल राष्ट्रपतीय निर्वाचन भए एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पचास प्लस प्रतिशतले विजयी हुने गोप्य रिपोर्ट तयार गरेको थियो । रिपोर्ट नेपाली कांगे्रस, एमालेका केपी ओली, माओवादीप्रति नकारात्मक धारणा राख्ने नेपालस्थित विभिन्न देशका राजदुतहरूलाई बुझाइएको थियो ।
                                             —-0000000——
काठमाडौं÷पछिल्लो समय शान्ति र संविधानविरोधी आफ्नो पहललाई त्यस्ता तत्वहरूले तीव्र पारेका छन्, जो माओवादी भनेपछि त्यसको छायाको पनि विरोध गर्नु आङ्खनो जीवनको जम्माजम्मी उद्देश्य ठान्छन्, जो माओवादीले आर्जेको जनपक्षीय उपलब्धिलाई जसरी भए पनि सिध्याउन लागिपर्छन् र जो रक्तकुण्डकै बीचमा भएपनि जनताको समाजवादी सपनाको हत्या गर्दा आङ्खनो उद्देश्य पूरा भएको ठान्छन् । मुख्यतः डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण हुनुपूर्व कुनै पनि हालतमा एकीकृत माओवादी नेतृत्वमा सरकार बन्न नदिन सबैखाले पहल गरेको यही शक्तिका कारण प्रधानमन्त्री निर्वाचनमा सम्भावित र अपेक्षित गरिएको एमालेको माओवादीप्रतिको मत कांग्रेसका रामचन्द्र पौडेलको पक्षमा परेको थियो । यो मतलाई कांग्रेसको पक्षमा पार्न इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल र पत्रकार भनिने कनकमणि दीक्षितहरू झलनाथनिवास डल्लु पुगेको चर्चा अझै सेलाइसकेको छैन । मुख्यतः जिल्ला–जिल्लामा इन्सेकआश्रित एमाले संगठनको सिंगो पंक्ति झलनाथविरुद्ध हुने भएपछि झलनाथ खनालले यसअघि उम्मेदवारी फिर्ता गरेर उनकै पक्षमा मतदान गरेको एकीकृत माओवादीका उम्मेदवारलाई सामान्य नैतिकताका आधारमा सघाउनुपर्ने कुरालाई समेत आत्मसात गरेनन् । यसअगाडि २०६६ साल बैशाखमा भएको छदिने आमहड्तालका बेला काठमाडौंमा देख्न पाइएको ‘सेतो टिसर्ट’भित्रका सम्भ्रान्त र कुलीन वर्गको हुल जम्मा गर्ने अभियानका मुख्य डिजाइनरमा रहेको यो कोर गु्रपले समयसमयमा एकीकृत माओवादीविरुद्ध मौका मिल्नेबित्तिकै हर्कत गर्न छाडेको छैन । त्यसका निम्ति संयुक्त राष्ट्रसंघका पूर्वजागिरे कर्मचारी कुलचन्द्र गौतमसमेत पछिल्लोपटक यो कालो समूहमा थपिएका छन् । उनी २०६२ सालको जनआन्दोलनपछि नेपाल आएको संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको नेपाल प्रमुख भई नेपाल आउन चाहेका थिए तर विद्यार्थी जीवनमा उनको नेविसंघभित्रको मण्डले प्रवृत्ति, संयुक्त राष्ट्रसंघमा कार्यरत रह“दा उनमा देखिएको अमेरिकी भक्ति तथा अमेरिकी खुफिया संस्था सिआइएसँगको गतिलो हिमचिमबारे जानकारी पाएको तत्कालीन माओवादी उनको यो चाहनामा मौन बस्योे । फलतः उनी अनमिन प्रमुख हुन नपाएको झोकमा माओवादीविरुद्ध खनिन थाले । अहिले उनी जसरी हुन्छ, राम्रो देशको राजदुत हुन चाहिरहेका छन् । अझै अमेरिकाकै राजदुत हुँदा सिआइए र राजदुतको काम एकै ठाउँबाट गर्न पाइने मनशायका साथ उनले अमेरिकाको राजदुतका निम्ति विभिन्न शक्तिकेन्द्रहरूलाई बेलाबेलामा गुहार्ने गरेका छन् । उनको यो दोहोरो जागिर खाने मनशाय पूरा गर्नका निम्ति एकीकृत माओवादी नेतृत्वको सरकार उनको गन्तव्यको अवरोधक हो भन्ने उनको ठम्याइ छ । त्यसकारण पनि उनको माओवादीविरोधी हर्कत जारी छ । अहिले पनि मुख्यतः एकीकृत माओवादीविरुद्ध कुटनीतिक क्षेत्रको मोर्चाबन्दीलाई घनीभूत बनाउने, माओवादीलाई जसरी पनि २०४७ सालको संविधानमा सहमत गराउनेलगायतका विषयमा दबाब दिन उनी विभिन्न शक्तिकेन्द्रहरू धाउने गरेका छन् । त्यतिमात्र नभइ संयुक्त राष्ट्रसंघीय मिसन अनमिनलाई नेपालबाट धपाउने र नेपालको जारी शान्तिप्रक्रियालाई अन्त्य गरी पुन मुलुकमा भीषण गृहयुद्धमार्फत् सैनिक शासन लगाउने मनशायसहित अनमिन फर्काउन उनले विभिन्न कुटनीतिक क्षेत्रका उच्च अधिकारीहरूलाई गरेको भेट कसैबाट छिपेको छैन । उनको यो ध्येय बुझेका अनमिन प्रमुखबाट उनले पटकपटक खप्कीसमेत खाएका आफ्ना निकटस्थहरूलाई उनले नै बताउने गरेका छन् । उनीलगायतको माओवादीविरोधी कोर ग्रुपकै डिजाइनमा माओवादीभित्र अन्तरसंघर्ष चलिरहेका बखत सर्वोच्च अदालतलाई हतारहतार संविधानसभाको म्याद छ महिना बढी थप्न नसकिने र त्यसपछि संविधानसभाले संविधान नदिए अर्को निर्वाचन वा अर्को कुनै संविधान मस्यौदा कमिटिजस्ता विकल्पमा जानुपर्ने सर्वोच्चको फैसला थियो । त्यसका निम्ति कुलचन्द्र गौतमले खेलेको भूमिकालाई मध्यनजर गर्दै रामचन्द्र पौडेल, सुशील कोइरालालगायतले संविधानसभाको असफलतापछि पुनः अर्को निर्वाचनमा मुलुक जान नसक्ने बरु २०४७ सालमा झैं मस्यौदा समिति बनाएर त्यसको अध्यक्ष समेत कुलचन्द्रलाई प्रस्तावित गर्ने सहमति भएको स्रोतले बतायो । पछिल्लो समय माओवादीभित्र चर्काे अन्तरसंघर्ष भइरहँदा पर्दापछाडि रहेको यो समूह अहिले फेरि अगाडि आएको छ । माओवादीको जारी केन्द्रीय समिति बैठक चलिरहँदा यो समूहले विभिन्न सञ्चारमाध्यमलाई समाचार सौजन्य गर्ने गरेको थियो । ती समाचारले माओवादी बिग्रेको, भत्केको अवसरवादी भएकोलगायतका प्रसंग बोकेका हुन्थे भने नेतृत्वबीच तिक्तता पैदा गर्ने विषयलाई मुख्य ब्यानर बनाइएको हुन्थ्यो । यसरी आफू नदेखिँदा नै माओवादी विभाजन हुने, त्यसको असर संविधानसभामा पर्ने र माओवादीलाई पुनः जंगल लखेट्न सहज हुने यो समूहको बुझाइ थियो । नेपाली सेनासँग माओवादी सेनाको दूरी बढाइदिंदा, सेनालाई माओवादीका सेना समायोजन गर्नु भनेको एकैपटक जवानलाई रथी बनाउनु हो भन्ने कोणबाट प्रशिक्षत गरिदिँदा, यसमा गत्यावरोध आउने र त्यही गत्यावरोधका कारण क्यान्टोनमेन्टमा पैदा हुने निराशाका कारण माओवादी माओवादी नरहने उनीहरूको ठहर थियो । यही समूहले यही विषयलाई सविस्तार व्याख्या गर्न प्रचण्ड सरकारको पालामा म्याद थपमा नपरेका जर्नेलहरूलाई भेटेर भड्काएको समेत जानकारी ‘लालरक्षक’लाई प्राप्त भएको छ । तथापि सापेक्षित शालीन सेनापति मानिने छत्रमान गुरुङका कारण र अलग फोर्सले सेनाको कायम ¥याङकिङमा असर नगर्ने भन्दै सेना महानिर्देशनालय बनाउन तयार भएको थियो । एकीकृत माओवादीभित्र देखापरेको आकस्मिक एकताबाट चकित भएको यो समूहका अर्का सदस्य कनकमणि दीक्षितले पनि यो अभियानलाई तीव्र पारेका छन् । पूर्व बिबिसी नेपालका जागिरे कयौं धनाढ्य एनजिओका मालिक तथा अन्तर्राष्ट्रिय क्राइसिस गु्रप नेपालका प्रतिनिधि कनकमणि दीक्षितलाई माओवादीविरोधी कोर ग्रुपमा प्रोपोगन्डा विभाग सम्हाल्दछन् । लामो समयसम्म मासिक १० लाख घाटामा ‘हिमाल’ खबर पत्रिकाका नाममा झुटको खबर सम्पादन गर्दै आएका उनले पछिल्लो समय बहुसंख्यक नेपालीले प्रशंसा गरेको काठमाडौंको सडक चौडा गर्ने अभियानबारे लेखेको आवरणले नै उनी को हुन् र के उद्देश्यद्वारा सञ्चालित छन् भन्ने प्रष्ट हुन्छ । अमेरिकी सहयोग नियोग युएसएडको भगिनी संगठन एशिया फाउन्डेसनमार्फत् माओवादीविरुद्ध गतिविधि गर्न र युद्धकालका मुद्दाहरू ब्युँताएर शान्तिप्रक्रिया तथा संविधान निर्माणमा बाधा हाल्ने कामका निम्ति छ करोड डलरको माओवादीविरोधी अभियानका कोअडिनेटर रहेका दीक्षितले माओवादीविरुद्ध भारतीय दुतावासका उच्च अधिकारीहरूको संलग्नतामा माओवादीविरोधी अभियान बनाउने गरेका छन् । नेसनल ट्रेडिङबाट कागज किनेको पैसा समेत नतिरेको भन्दै उक्त संस्थाले आर्थिक अपराधीका रूपमा चित्रित गरेका दीक्षित यसरी विदेशबाट माओवादीविरोधी अभियानका नाममा ल्याउने करोडौं डलरलाई मासिक १० लाख घाटामा रहेको ‘हिमाल’ खबरपत्रिकाको नाफा भन्दै राज्यलाई ठगी गरिरहेका छन् । विश्वभरिको कम्युनिस्ट आन्दोलनविरुद्ध जनमत बनाउन निर्माण भएको इन्टरनेसनल क्राइसिस ग्रुपसँग समेत आबद्ध दीक्षितले नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण कडी सेना समायोजनबारे कांग्रेससँग लबिङमा उनले देखाएको सक्रियता झन् सम्झनलायक छ । पछिल्लो समय सेना समायोजनबारे दलहरूबीच सहमति बने पनि, नेपाली कांग्रेससँग उनले सेना समायोजनमा जाँदा माओवादीलाई मेजरभन्दा माथि समायोजन नगर्न सुझाएका थिए । रामचन्द्र पौडेल तथा सुशील कोइरालासँगको भेटमा उनले गिरिजाले माओवादीलाई सँगै हिडाएर लोकतन्त्रलाई धरापमा हालेको र त्यसको परिणाम संविधानसभामा देखिएको भन्दै अब ती गल्ती नदोहो¥याउन आग्रह गरेका थिए । साथै संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिमा बहसमा रहेको शासकीय स्वरूपअन्तर्गतको बहसमा कांग्रेस चुके कांग्रेस सदाका लागि पत्तासाफ हुने समेत बताएको स्रोतले खुलाएको छ । शासकीय प्रणाली अन्तर्गत एमाओवादीले भन्ने गरेको राष्ट्रपतीय प्रणालीमा गए प्रचण्ड स्वतः राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुने भन्दै त्यसो भएमा कांग्रेस कहिल्यै माथि उठ्न नसक्ने उनको जिकिरलाई प्रमाणित गर्न पहाडी र तराईका ३४ वटा जिल्लामा उनको मातहतमा रहेका एनजिओले गरेको सर्वेक्षणको ढड्डासमेत कांग्रेस सभापतिलाई देखाएका थिए । स्मरण रहोस्, पछिल्लोपटक एसिया फाउन्डेसन नेपाल र हिमाल मिडियाको आवरणमा गरिएको सर्वेक्षणले तत्काल राष्ट्रपतीय निर्वाचन भए एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड एक्लैले पहिलो निर्वाचनमा नै पचास प्लस एक प्रतिशतभन्दा बढि मत प्राप्त गर्ने गोप्य रिपोर्ट तयार गरेको थियो । सो रिपोर्ट नेपाली कांगे्रस केन्द्रीय कार्यालय, एमालेका केपी ओली, माओवादीप्रति नकारात्मक धारणा राख्ने नेपालस्थित विभिन्न देशका राजदुतहरूलाई बुझाइएको थियो । रिपोर्टबाट झस्किएको एमालेले गत निर्वाचनका बेलामा जारी गरेको प्रतिबद्धतापत्र विपरीत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिबाट आफुलाई पछि हटाएको थियो । उनै दीक्षितले पछिल्लो समय बाबुराम नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणमा देखाएको तदारुकतालाई अवरोध गर्ने गरी उनले नेपाली कांग्रेसलाई चार पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् । माघ ५ गते माइतीघरको एक घरमा सुशील कोइराला र रामचन्द्रलाई उनले भेटेर जारी प्रक्रियामा गत्यावरोध जारी राख्न भनेका थिए । सो भेटमा संवैधानिक समितिका राजावादी सभापति नीलाम्बर आचार्य, पूर्व संयुक्त राष्ट्रसंघका उपमहासचिव कुलचन्द्र गौतम, दीक्षित र एमाले कार्यकर्ता तथा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल सहभागी थिए । सो बैठकमा जनयुद्धका बेला जनसरकारले जग्गा किनबेचका लागि राप्तीको पहाडी क्षेत्रमा वितरण गरेको लालपूर्जाबारे समेत छलफल भएको बुझिएको छ । त्यसबेलाको घरजग्गा किनबेचमा संलग्नमध्ये धेरै संख्या कांग्रेसी कार्यकर्ताको रहेको स्रोतबाट बुझिन आए पनि नेपाली कांग्रेसले त्यही विषयलाई मुख्य मुद्दा बनाएर तीन दलको बैठकमा नबस्ने घुर्की लगाउँदै आएको छ । यता कनकमणि दीक्षितकै अगुवाइमा राष्ट्रिय दैनिक पत्रिकाका पत्रकारहरूलाई बोलाएर एक बैठक हालै हिमाल मिडिया मुख्यालयमा सम्पन्न भएको छ । मुख्यतः एकीकृत माओवादीविरोधी प्रचारयन्त्रलाई कसिलो बनाउँदै तीखो ढंगले माओवादीविरुद्ध प्रचारलाई केन्द्रित गर्न उनीहरूबीचमा छलफल भएको बुझिएको छ । उक्त छलफलमा माओवादीका फरक–फरक राजनीतिक विचार समूहमा एकका बारेको खबर अर्कोलाई दिएर कसरी उनीहरूलाई एकापसमा आक्रमक बनाउन सकिन्छ भन्नेबारे कनकमणिले सहभागीलाई प्रशिक्षण दिएका थिए । चिनिया“ प्रधानमन्त्रीको नेपाल भ्रमणलगत्तै भएको सो बैठकमा उत्तेजक ढंगले माओवादीविरुद्ध उनले पाखुरा सुर्किंदै भने, ‘माओवादीसँग अहिले जनता पनि छैनन्, सेना पनि छैन, प्रहरी नि छैन, अदालत त झन् हुने कुरै भएन । भारत पनि बीचमा केही नयाँ प्रयोगमा जाउँ न भन्ने मानसिकतामा भए पनि अहिले ठीक ठाउँमा आएको छ । हामीलाई चीन चाहिं माओवादीसँगै छ कि भन्ने जस्तो लागे पनि त्यो साफ भएको छ । यदि जियाबाओ आङ्खनो इस्टकोमै आएको अनुभूतिमा भएको भए यति सारो तर्सिएर एक रात नबिताई फर्कने थिएनन् ।’ उनले थपे, ‘बाबुराम वा क्या भन्ने थियो अब सिद्धियो । अब मुलुकलाई अर्को चुनावमा लान सके माओवादीलाई दाह्रानंग्रा नभएको बाघ बनाउन सकिन्छ, हामीले त्यही तयारी गर्नुपर्दछ । यो अभियान भनेको कम्युनिस्ट अधिनायकवादविरुद्धको लोकतान्त्रिक आन्दोलनको हिस्सा हो ।’ कनकमणि दीक्षितले आङ्खना एनजिओ, आइएनजिओको सञ्जाललाई प्रयोग गरी तिनीहरूमार्फत् एकीकृत माओवादीविरुद्ध विश्व जनमत बनाउने अभियानमा जुटिरहेका छन् । काठमाडौंबाट प्रसारित हुने अधिकांश टेलिभिजन च्यानल र तिनका समाचार तथा विचारप्रधान संवाद कार्यक्रममा माओवादीविरोधी जनमत बनाउन सक्ने मान्छेलाई प्राथमिकता दिन थालेका छन् । अर्कोतिर एन्टेना फाउन्डेसनले उत्पादन गर्ने विद्युतीय तरंगमा आधारित कार्यक्रम ‘नया’ बाटो नयाँ पाइला’, ‘मेरो जिन्दगी मेरो विश्वास’, ‘सुनौं बोलौं’, ‘नेपाल चौतारी’समेत माओवादीविरुद्ध जनमत बनाउन केन्द्रित हूने गरेका छन् । त्यस्तै एसियन स्टडी सेन्टर फर पिस एन्ड कन्फ्लिक्ट टान्सफरमेसन र नवजागरण बालआश्रमले पनि माओवादीविरुद्धको प्रचार अभियान तीब्र पारेका छन् । त्यसबाहेक उनले विभिन्न संघसस्था तथा निकायलाई माओवादीको गतिविधिको सत्यतथ्य जानकारी गराउन कतिपय स्थानमा सुराकी नियुक्त गर्ने गरेको समेत थाहा हुन आएको छ । ती सुराकीहरूले माओवादी नेताका गतिविधि, तिनका उठबस तिनको बासस्थान तिनले प्रयोग गर्ने मार्ग तथा उनीहरूले नियमित भेट्ने मानिसहरूको समेत जानकारी राखेर सबन्धित निकायमा पठाउने गरेको बुझिएको छ । जुन वार्षिक नेपालसम्बन्धी रिपोर्टका रूपमा रअ र सिआइएको मुख्यालय पुग्ने गरेको स्रोतले जनायो । नेपालको आन्तरिक चासोका विषय आफनो ढुकुटी भर्नका निम्ति बेच्ने र आफूलाई अब्बल दर्जाको लोकतन्त्र तथा मानवअधिकारवादी भन्न लाज नमान्ने दीक्षितको माओवादीविरुद्धको यो उग्रआक्रोशको मुख्य कारण भने अहिलेको एकीकृत माओवादीको एकता नै हो । विभाजनको डिलबाट चमत्कारिक ढंगले फर्किंदै जुझारु संघर्षतर्फ आमूल परिवर्तनको सम्भावनाप्रति माओवादीले देखाएको विश्वास र शान्ति र संविधानप्रतिको इमान्दारीपूर्ण पहलले दीक्ष्ँितलाई माओवादीविरुद्ध यति धेरै आक्रामक बनाएको हो । कथित मानवअधिकारवादीका नाममा डलरको खेती गर्ने अर्का एमाले कार्यकर्ता सुबोधराज प्याकुरेलसमेत पछिल्लो समय माओवादीविरुद्धको कोर ग्रुपमा क्रियाशील छन् । पछिल्लो समय सकेसम्म मानवअधिकारका नाममा पश्चिमा राष्ट्रलाई माओवादीविरुद्ध उचाल्ने, माओवादीविरुद्ध विश्वजनमत बनाउन प्रयत्न गर्ने र त्यसनिम्ति कनकमणि दीक्षितलगायतले मिलाइदिएको मेसोलाई प्रयोग गर्दै नेपालमा माओवादीविरुद्ध कोन्टाहरू जन्माउन अधिकतम बल गर्ने सुबोधराज प्याकुरेलले माओवादीविरुद्ध लड्न बनाइएको एमालेको गुन्डा दल युथ फोर्सलाई समेत शान्तिका नाममा रकम बाँड्ने गरेको खुलासा भएको छ । युद्धकालमा देशभरि मारिएका सैनिक, गैरसैनिक र माओवादी पक्षका मारिएका व्यक्तिहरूको लास देखाएर डलर झार्न पल्केका उनले शान्तिप्रक्रियापश्चात् पनि माओवादीविरुद्ध इन्सेक वर्ष पुस्तकका रूपमा निकाल्ने गरेको वार्षिक ढड्डाले उनी सो कार्यमा कति पतीत ढंगले लागेका छन् भन्ने पुष्टि हुन्छ । महिलाप्रतिको आशक्तिमा लीन हुने भनेर सहकर्मीहरूबीच चर्चाका पात्र हुने गरेका प्याकुरेलले देशभरिका आफ्ना जिल्ला प्रतिनिधिलाई सकेसम्म माओवादीविरोधी रिपोर्ट तयार गर्न लगाउने गरेका छन् । मानवअधिकारको ब्याख्या गर्ने तर आफ्ना जिल्ला प्रतिनिधिलाई मासिक बीस हजार बुझेको हस्ताक्षर गराई चार हजारभन्दा कममा काम लगाई चरम श्रमशोषण गर्ने गरेका उनले आफू भने इन्सेकबाट वैध मात्रै मासिक लाखौ बुझ्दै आएका छन् । स्रोतका अनुसार माओवादी नेताविरुद्ध रहेका पुराना मुद्दाहरू ब्युँताउने, तिनलाई अन्तर्राष्ट्रियकरण गर्ने र माओवादी नेतालाई युद्ध सरदारका रूपमा चित्रित गर्न उनले अहोरात्र मेहनत गर्ने गरेका छन् । उनको टिममा पूर्वमहान्याधिवक्ता युवराज संग्रौला, कथित मानवअधिकारवादी गोपालकृष्ण शिवाकोटी, प्रकाशमणि शर्मा, वन्दना राणा र सपना मल्ल प्रधानसमेत रहेका छन् । सो टोलीको भरणपोषण्को जिम्मा भने अमेरिकी सहयोग नियोग अन्तर्गतको एसिया फाउन्डेसनलगायतकाले लिएका छन् । यही टोली माओवादीविरुद्धका कुनै पनि अदालती मुद्दामा बहस पैरवीमा उत्रने गरेको छ । पछिल्लो समय माओवादी एकताका कारण विक्षिप्त बनेको यो समूह अहिले पनि माओवादी नेताविरुद्ध अदालतमा रहेका मुद्दा ब्यँुताउन क्रियाशील छ भने माओवादीविरोधी सेन्टिमेन्ट बनाउन माओवादी नेतृत्वविरुद्ध जनमत बनाउन जुटिरहेको छ । यही टिमले देशमा जातीय राज्यविरुद्ध प्रचार अभियानलाई तीव्रता दिएको छ भने सकेसम्म संविधान निर्माणको काममा सहमतिमा नजान कांग्रेस र एमालेलाई सल्लाह दिने गरेको छ ।
                                                                     0000000 – (साभार : lalrakshak.com)-000000000

जातीय स्वशासन भनेको अन्य जातिहरुको अधिकार खोस्ने भन्ने होईन

– माननीय सभासद किरण तमु, ने.क.पा.(एमाले)

संविधान निर्माण प्रक्रियामा यहाँको भूमिका कस्तो रह्यो, छोटकरीमा यहाँको अनुभूति बताईदिनुहोस् न ?
संविधान निर्माण भनेको व्यक्तिगत भन्दा पनि सामुहिक भूमिकानै रहने हो सभासदहरुको । त्यसमा दलगत भूमिकाबाटनै संविधान निर्माणको लागि सवै सभासदहरुले प्रतिनिधित्व गर्ने गर्छन् । र त्यसै आधारमा मैलेपनि सामुहिक ढङ्गले पार्टीको विचारअनुसार, निर्णय अनुसार त्यसलाई संविधान सभामा प्रतिनिधित्व गर्ने काम मैले गरेको छु । त्यसका साथसाथै मैले संविधान निर्माण गर्नको लागि पार्टीभित्र र बाहिर विभिन्न ढङ्गले, ठिक ढङ्गले जनताको हितमा, हामी आदिवासी जनजाति भएको कारणले आदिवासी जनजातिको पक्षमा संविधान लेख्नको लागि आफ्नै दलभित्रपनि त्यस अनुसार निर्णय गराउनको लागि आफ्नो ठाउँबाट मैले राम्रै भूमिका खेलेको छु ।
संविधान सभाबाट कस्तो संविधान बन्दैछ ? छोटकरीमा बताईदिनुस न ।
अहिले संविधान जनताकै पक्षमा बन्दैछ ।  आदिवासी जनजाति, दलित, महिला, पिछडिएको वर्ग, समुदाय सवैको प्रतिनिधित्व गर्ने गरी लोकतान्त्रिक गणतान्त्रिक संविधान बन्छ । अहिले संविधान सभाभित्र रहेका समितिहरुले आफ्ना प्रारम्भिक प्रतिवेदन संविधान सभामा पेश गरिसकेको छ । त्यसलाई आधारमान्ने हो भने नेपालको निम्ति यो संविधान सवभन्दा राम्रो,  लोकतान्त्रिक,  गणतान्त्रिक, हिजोका आन्दोलनहरुको उपलब्धीहरुलाई संस्थागत गर्ने, सम्पूर्ण जनताको, सवै वर्ग, तह, सम्पूर्ण जाति, क्षेत्रको प्रतिनिधित्व हुने खालको संविधानचाँही बन्छ ।
उत्पीडित आदिवासी जनजातिको पहिचानसहितको संघीय राज्य किन आवश्यक छ ?
हाम्रो देशकोलागि यो विशिष्ट अवस्था हो । हाम्रो देशमा विभिन्न पहिचान बोकेका जाति समुहहरु छन्, भाषिक समुहहरु छन्, क्षेत्रहरु छन्, त्यसले गर्दाखेरी त्यसकोनै प्रतिनिधित्व गर्ने गरी हामीले पहिचानसहितको अधिकार भएको, सुशासन भएको, जुनचाँही केन्द्रीकृत होईन कि जनताले नै शासन गर्ने खालको संघीय ढाँचामा जानुपर्छ भनेर हामीले भनेका हौं । जुन नेपालको सन्दर्भमा अति आवश्यक छ । ति जातिहरु, जनजातिहरु, आदिवासीहरु, भाषिक समुदायहरुलाई पहिचान दिन सकेमामात्रै हाम्रो संविधानले पूर्णता प्राप्त गर्छ र त्यो पूर्णरुपमा लोकतान्त्रिक संविधान बन्छ भन्ने हामीलाई लागेको छ । र सम्पूर्ण ति जनताका अधिकारहरुलाई सुनिश्चित गर्नचाँही सक्छौं । यो भन्दा राम्रो विकल्प अर्को छ जस्तो मलाईचाँही लाग्दैन ।
तमुवान स्वायक्त गणराज्य र तमु जातिको अधिकारबारे बताईदिनुस न ?
तमुहरु भनेको यो आफैमा एउटा जाति समुह हो, जनजाति हो, आदिवासी हो । यसले गर्दाखेरी यसको छुट्टै पहिचान छ । हिजो यो आफैमा स्वतन्त्र खालको, स्वयत्त हिसाबले तमुहरु गण्डकी क्षेत्रमा रहेका थिए । त्यसैले गर्दा खेरी तमुहरुले पहिचान सहित त्यो क्षेत्रमा आफैले शासन गर्ने खालको व्यवस्था हुनुपर्छ र त्यो राज्य तमुहरुको हुनुपर्छ । र त्यसका निम्ति हामीले अहिलेको संविधानमा तमुवान स्वायत्त राज्य, तमुवान स्वायत्त प्रदेश सहमतिको आधारमा हुनुपर्दछ र त्यसले मात्रै तमुहरुको अस्तित्वलाई, तमुहरुको जुन पहिचान छ, त्यो पहिचानलाई हामी कायम राख्न सक्छौं । र तमुवान भन्ने जुन पहिचान हो त्यो पहिचानलाई कायम गर्नुपर्छ । तमुहरुको भाषा, संस्कृति जो नेपालको निम्ति मात्रै हैन विश्वकै निम्ति एउटा महत्वपूर्ण अंग हो र त्यो एउटा महत्वपूर्ण सम्पत्ति हो, त्यो सम्पत्तिको संरक्षण हुनु जरुरी छ । उनीहरुलाई त्यही रुपमा अधिकारसम्पन्न गरेर स्वशासनको अधिकार दिएर अगाडि बढाउनुपर्छ भन्ने हामीलाई लागेको छ र त्यसको निम्ति हामी प्रतिबद्ध छौं ।
तमुवान स्वायत्त गणराज्य स्थापनाका चुनौतिहरु के के हुन ?
यसका चुनौतिहरु धेरै छन् । मुख्यकुरा संविधान निर्माण गर्नुप¥यो । मुख्यकुरा संविधानमा त संघीयताको विषयमा आम सहमति भएको छ । जातीय पहिचानको कुरालाई लिएर अन्य क्षेत्रबाट विरोधहरु भईरहेको छ । उनीहरुले जातीय राज्य हुनुहुन्न, जातीय पहिचान हुनुहुन्न भनेर भनिरहेका छन्, यो तमुवानको सवालमामात्र नभई जुन हामीले अन्य विभिन्न जातीय पहिचानको आधारमा राज्य हुनुपर्छ भनेर भनिरहेका छौं ।  संविधान सभाबाट प्रस्ताव गरिएका १४ वटा राज्यमध्ये ८ वटा राज्यहरु जातीय पहिचानको आधारमा निर्माण गरिएको छ, प्रदेशहरु विभाजनको खाका संविधान सभामा पेश गरिएको छ । जातीय पहिचान सहितको राज्य÷प्रदेश बनाउन नचाहने मान्छेहरुले, तत्वहरुले वा संविधान निर्माण गर्न नचाहने शक्तिहरुले यसको विरोध गर्दै आएका छन् । यसै सन्दर्भमा तमुवान राज्य निर्माण गर्ने कार्यपनि एउटा चुनौतिपूर्ण कार्य नै हो  । त्यसमा खासगरेर तमुवान भनेर गण्डकी प्रसवन क्षेत्रलाई पूर्वमा बुढीगण्डकीदेखि पश्चिममा कालीगण्डकी र उत्तरमा मनासलुको काँखमा रहेको यो क्षेत्रलाई भनिन्छ । तर कालान्तरदेखि अहिलेसम्म आउँदाखेरी आप्रवासनको समस्याको कारणले गर्दाखेरी हामी यहि क्षेत्रमा अल्पसंख्यामा छौं । अहिले तमुवान निर्माण गर्दाखेरी क्लस्टरको हिसावले  जहाँ एउटा ईकाई बनाईएको छ, ईकाई भन्नाले गा.वि.स.लाई एउटा ईकाई बनाईएको छ, जुन गा.वि.स.मा तमुहरुकोे बाहुल्यता भएको र आपसमा जोडिएका त्यस्ता क्लस्टरहरुलाई लिएर तमुवान प्रदेश भनेर छुट्याईएको छ । यसरी छुट्याउदा तमुवान प्रदेशमा लमजुङको केही भाग पर्दैन, कास्कीको केही भाग पर्दैन, गोरखाका केही भाग पर्दैन र लमजुङको केही भाग, कास्कीको केही भाग, गोरखाको केही भाग, तनहूँको केही भाग, मनाङ र मुस्ताङलाई मात्रै तमुवान भनिएको छ । त्यसले गर्दा हिजो हाम्रो गुरुङहरुको जुन ऐतिहासिक थलोहरु हो, ति धेरै थलोहरु, क्षेत्रहरु छोडिएका छन् । त्यसलाई कसरी समावेश गर्ने हो त्योचाँही एउटा चुनौतिपूर्ण नै छ । खासगरेर जनसंख्याको तथ्यांक अनुसारपनि धेरै ठाउँमा हामी अल्पमतमा परिसकेका छौं, त्यसलाई कसरी तमुवानमा समावेश गर्ने हो भन्ने कुरा ठूलो चुनौतिको विषय बनेको छ, छलफल विषय बनेको छ, भन्ने मलाई लाग्छ ।
तमुवान स्वायक्त गणराज्यमा अन्य जातिको स्थान तथा अधिकारहरु के कस्तो रहने छ ?
अरु सवै जात, जातिको अधिकार सुरक्षित नै हुन्छ । जातीय स्वयत्त प्रदेश भनको, जातीय स्वशासन भनेको अन्य जातिहरुको अधिकार खोस्ने भन्ने होईन, उनीहरुमाथि शासन गर्ने भनेको होईन, यो स्वशासन भनेको आफुले आफैंमाथि शासन गर्ने भन्ने हो । अहिले जुन जातीय स्वशासनको कुरा आईरहेको छ, स्वायत्त शासनको कुरा आईरहेको छ । यो मूलतः हामीले हाम्रो क्षेत्रमा हाम्रो बारेमा हामीले नै निर्णय गर्न पाउनुपर्छ, अरुले निर्णय गर्ने होईन भन्ने मात्रै नै हो । त्यसले गर्दाखेरी यस क्षेत्रमा रहने अन्य जातजातिहरुको अधिकार हनन हुदैन, उनीहरुको अधिकारको सम्मान हुन्छ, उनीहरुलेपनि आफ्नो बारेमा सोच्न पाउँछन्, उनीहरुकोपनि अधिकार सुनिश्चित हुन्छ । उनीहरुको अधिकार कुण्ठित हुने, उनीहरुमाथि हामीले शासन गर्ने भन्ने कुराचाँही गलत कुरा हो । अहिले जातीय पहिचानको आधारमा बन्ने जुन राज्य विरोध गरीरहेका छन्, र उनीहरुले उठाउने अनावश्यक खालका तर्कहरु कुतर्कमात्र हुन् भन्ने मलाई लाग्छ । सवै जातजातिहरु, जुन क्षेत्रमा जुनसुकै स्वायत्त प्रदेशमा या जातीय पहिचानको आधारमा होस् या जुनसुकै ठाँउको होस् त्यो क्षेत्रमा जुन अधिकार पाउँछन् अन्य जातजातिहरुले र त्यस्तै खालको अधिकार एउटा जातीय पहिचान बोकेको  स्वायत्त राज्यमापनि पाउँछन् । जस्तो अहिले नारायणी राज्य भनेर बनाईएको छ, त्यसलाई मिश्रित राज्य भनेर भनिएको छ, त्यसैगरी सुनकोशी भनेर बनाईएको छ, त्यस्तैगरी पश्चिमतिर त्यस्ता खालका राज्यहरु बनाईएका छन्, ति राज्यका जनताहरुले जस्ता खालका अधिकार पाउँछन्, त्यस्तै खालको अधिकार विभिन्न पहिचानसहितका राज्यहरुमा पनि उनीहरुले पाउँछन् ।

अन्त्यमा, ‘तमु ह्युल’ मार्फत आम जनसमुदायलाई के शन्देश दिन चाहनुहुन्छ ?
हामी सवैको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुङ्गो लगाउनु र संविधान निर्माण गर्नु नै हो । जबसम्म हामीले शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सक्दैनौं, संविधान निर्माण गर्न सक्दैनौं, तवसम्म हिजोसम्म हामीले गरेका आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न सक्दैनौं । त्यसैले जनताको अधिकारको लागि हामीले लडेर, रगत बगाएर,  हजारौं हजार शहीदहरुलाई गुमाएर हामीले प्राप्त गरेको जुन उपलब्धी छ, त्यो उपलब्धीलाई संस्थागत गर्न जरुरी छ । त्यो संस्थागत गर्ने एउटा माध्यम भनेकै संविधान निर्माण गर्नु हो । त्यसैले यसमा सवैले सकारात्मक सोंचका साथ, एउटा राष्ट्रिय सहमति बनाउने सोंचकासाथ हामी अगाडि बढ्नुपर्छ र अहिलेको संविधान सभामार्फत नै त्यो संविधान बन्नु पर्छ र अहिलेको संविधान सभाबाट संविधान नबनाउने र अर्कै ढङ्गले हामीले संविधान बनाउने प्रयत्न ग¥यौं भने त्यो संविधान जनताको संविधान हुदैन, त्यो संविधान जतिसुकै लोकतान्त्रिक संविधान भनेपनि, राम्रो संविधान भनेपनि सवै क्षेत्र,वर्गका जनताहरुले त्यो संविधानमा अपनत्व पाउन सक्दैन, त्यसले गर्दाखेरी हामीले यही संविधान सभा जुन सवै जातिको प्रतिनिधित्वको हिसाबले, सवै वर्गको प्रतिनिधित्वको हिसाबले, लिङ्गको प्रतिनिधित्वको हिसाबले, क्षेत्रको प्रतिनिधित्वको  हिसाबले विश्वकै एउटा नमुना र गर्व गर्नलायक को एउटा संविधान सभा हामीले निर्माण गरेका छौं, सवै जनताहरुले आफ्नो प्रतिनिधि बनाएर पठाएको कारणले त्यही संविधान सभाबाट हामीले संविधान निर्माण गर्नूपर्छ । यही संविधान सभाबाट संविधान बनाउनको लागि सवैले सरसहयोग गर्नुहुनेछ, सवैले यसलाई ध्वंसात्मक ढङ्गले होईन सकारात्मक ढङ्गले सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास व्यक्त गर्दछु ।
- (तमु ह्युल त्रैमासिक, वर्ष ४ अंक २ बाट साभार)

तमु संस्कार संस्कृति, भाषा र पोखराको नामाकरण

Tamu Culture– मन बहादुर तमु

‘ प्ये म्हस्या ल्हु म्हमु, ल्हु म्हस्या छ्या म्हमु, छ्या म्हस्या म्हीम्हमु !’ (शास्त्र हराए विद्या हराउँछ, विद्या हराए परम्परा र संस्कृति हराउँछ, परम्परा संस्कृति हराए मान्छे हराउँछ ।)
पुरातात्विक विद्हरुको अनुसार पृथ्वीको उत्पत्ति भएको ३३ करोड वर्ष भयो र पृथ्वीमा जिवात्मा उत्पत्ति भएको ३० करोड वर्ष भयो । यहि क्रममा आदिम कालदेखि समयको परिक्रमा र परिवर्तन संगसंगै मानव जातिको सवैभन्दा पुरानो सभ्यता स्थल इराकको मेसोपोटामिया हो । जुन युफ्रेटश र टाइग्रिस नदिको किनारमा अवस्थित छ । मेसोपोटामियाको मानव सभ्यता चरम सिमामा पुगेपछि मानव बस्ती बाक्लो हुदै गयो । तत् पश्चात उनीहरु चार दिशातर्फ लागे । पूर्वतर्फ लाग्ने मानवहरु ककेसस हुदै सिन्ध नदिको किनार सिन्धघाँटीमा आएर मोहन–जो–दारो सभ्यताको विकास गरे । सिन्ध सभ्यतापश्चात भारत वर्षमा फैलियो । दक्षिणतर्फ जाने मानवहरुले मिश्रको नाइल नदि किनारमा नाइल सभ्यताको विकास गरे । नाइल सभ्यतापश्चात उत्तर अफ्रिका र अरब देशहरुमा फैलियो । त्यसैगरी पश्चिमतर्पm जाने मानवहरुले ग्रीस पुगेर ग्रिक सभ्यताको विकास गरे । ग्रिक सभ्यतापश्चात फैलिएर युरोप ढाक्यो । उत्तरतर्पm लाग्ने मानवहरुले मंगोलियाको गोवी मरुस्थलमा तातर नदी किनारमा तातर सभ्यताको विकास गरे । यही तातर सभ्यता पश्चात् मानव समुदाय फैलिदै गएर दक्षिण पूर्वतर्पm लागेर चीन, कोरिया, जापान हुदै दक्षिण पूर्वको देशहरु भियतनाम, बर्मा, थाइल्याण्ड र कम्बोडियासम्म पैmलिएर रहेको छ । यसको अलावा भुमध्य रेखिय क्षेत्र जावा, सुमात्रा, बोनिर्यो र दक्षिण भारतमा ड्रविडहरु थिए । अफ्रिकामा नेग्रोटा र उत्तर अमेरिकामा रेड इण्डियन तथा दक्षिण अमेरिकामा मायोज र एज्टेक आदिवासीहरु थिए ।
यस स्तम्भमा खासगरी आदिवासी जनजाति तमु (गुरुङ) हरुको उद्गम थलो क्होंला सोंथर मानिदै आएको छ, यसै प्रसंग अुनुरुप यहाँ यस लेखमा आदिवासी गुरुङ समुदायले सभ्यताको स्थल क्होला सोंथर सम्म आउनको लागि तातर सभ्यता मंगोलियाबाट चिन, तिब्वत हुदै नेपाल प्रवेश गरेको छर्लड्ड छ । यस अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा बसोबास गरेको आदिवासी जनजाति गुरुङहरुले आÇनो संस्कार, संस्कृति, भाषा, भेषभुषा र धर्मको उजागर गरेर सामाजिक र सांस्कृतिक अवस्थामा रहन थाले । यिनीहरुले आÇनै मौलिक भाष सिर्जना गरी गाउँठाउँ, भूमि, स्थान र स्थलको नामाकरण गुरुङ भाषामा नै राख्ने गरियो ।
संस्कार र संस्कृति भनेको के हो ? यस विषयमा गहन विचार पु¥याउनु जरुरी छ । झट्ट बुझ्दा मानवको परम्पराकाल बाट विकसित हुदै आएको आÇनो रहनसहन र चालचलन भन्ने बुझिन्छ । तर संस्कृति, संस्कार भनेको बोद्धिक विकास हो जुन मानव जातिले प्रारम्भिक ढुंगे युगबाट आÇनो बौद्धिक क्षमताको आधारलाई विकसित गर्दै ल्याएर एक स्थायित्वको रुपमा ग्रहण गर्दै आए र यसलाई आस्था र विश्वासको रुपमा लिदै आÇनो दैनिकी चलाउन थाले । संस्कार, संस्कृतिसँग धेरै आधारभूत विषयहरु जोडिएको हुन्छ । जस्तै जीवनशैली, गीत–संगीत, साहित्य, कला, आस्था, विश्वास, धर्म, भाषा, भेषभुषा, विज्ञान, प्रविधि आदि पर्दछन् । संस्कारसंस्कृति एक मुल्य र मान्यता पनि हो जो मानव जीवनमा प्रायशः सधै जसो उपयोगमा आईरहन्छ । संस्कार–संस्कृति एक परम्पराबाट नै चली आएको बौद्धिक विकासको परिणाम हो, जसलाई एकपछि अर्को गर्दै पिडीपछि पिडीले मान्दै आएको एक नियम हो । यसरी संस्कार संस्कृतिसंग यथेष्ठ विषय वस्तुहरु जोडिएको छ जसले गर्दा मानव सभ्यताको इतिहासमा गहिरो असर परेको छ ।
संस्कार, संस्कृति कसरी सुरु भयो ? संस्कारबाटै संस्कृतिको विकास भयो । यहाँ एउटा तमु कथातर्पm ध्यान दिन उचित सम्झन्छु । प्राचिनकालमा शिकारी अवस्थाको समय तिनजना शिकारीहरु (तमुहरु) आÇनो घरगुफाबाट शिकार गर्ने क्रममा जंगलतर्पm लागे । यसरी अगाडि बढ्ने क्रममा धेरै टाढा पुगे । शिकार गर्ने क्रममा ति तिन जना शिकारीहरु मध्ये एकजना शिकारीको दुर्घटनामा मृत्यु भयो । यसरी साथी मरेपछि बोकेर घरगुफासम्म ल्याउन असमर्थ र असम्भव भएपछि दुई भाई मिलेर खाल्डो खनेर गाडेपछि चिनु या चिन्ह राख्नु पर्ने अवस्था आयो किनकि घरगुफामा पुगेपछि अरु परिवारलाई खबर गरेर मृतक गाडेको चिहान देखाउन पर्ने भयो । यसको लागि ती दुई जनाले मृतकसँग रहेको हतियार (लौरो÷दाउराको भाला) त्यही मृतक गाडेको चिहान माथि गाडेर उनीहरु घरगुफा फर्के । भोलि पल्ट अरु परिवारलाई ल्याएर सो ठाउँ देखाउनको लागि लौरो÷दाउराको भालाले ठूलो मद्दत पु¥यायो र चिहान पहिल्याउन सफल भयो । त्यही गाडेको लौरो÷दाउराको भालालाई संस्कार अनुसार अनुसरण गरेर आजको संस्कृतिमा मृत गुरुङको अर्घौं (पइ कार्य) गर्ने समयमा आला गाड्ने चलन छ । जो गुरुङ संस्कृतिको लागि अहम मान्न सकिन्छ । यो एक श्रुत कथा हो, जुन वास्तविकतासँग मेल खान्छ ।
भाषाको विकासपश्चात् आदिवासी जनजाति गुरुङ समुदायले प्रकृतिको रुप, रंग, स्वभाव र स्वरुप अनुरुप वस्तुहरुको नामाकरण राख्दै लगियो । यसरी नै गाउँठाउँ, क्षेत्र, बस्ती र वस्तुहरुको नामाकरण हुदै गयो । भाषा परिवर्तनसिल हुन्छ, जसको कारण मौलिक शव्दहरु अपभ्रंशित भएर समयको क्रमसंगै कहिलेकाही फरक पर्न जान्छ । संस्कार–संस्कृतिमा भाषाको गहिरो सम्बन्ध रहन्छ । जसको असर धर्म, भेषभुषामा समेत पर्दछ । हुन त प्रकृतिको स्वरुप र बनावटले पनि भाषामा असर पर्दछ, जसको असर संस्कृति धर्म, भेषभुषामा पर्न जान्छ । जलवायुको असरपनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।
आज हमी पर्यटकीय सुन्दर सहर पोखराको सौन्दर्य र यहाँको प्राकृतिक दृश्यहरुलाई मनमोहक ढंगबाट साहित्यिक गद्य,पद्य, गीत, संगित र भावनाको अंगालो भित्र बाधेर बर्णन गर्छौं । यस पोखरा शब्दको गहिरो विश्लेषण गरेर यसको परिभाषा खोज्यौं भने यो ज्यादै अर्थपूर्ण छ । खास गरेर गुरुङ भाषामा ‘पो’ भनेको हिलो माटोको डल्ला वा आँगन भन्ने अर्थ लाग्छ । त्यस्तै ‘खैर’ भनेको गुरुङ भाषामा आएर हुन्छ । अर्थात ‘पोखैर’ भनेको हिलो माटोको डल्ला आएर बनेको आँगन भन्ने अर्थ लाग्छ । यसरी आदिम कालमा सेति नदीले बगाई ल्याएको हिलो माटो थुप्रिएर बनेको हुनाले यस स्थललाई पोखैर भन्ने गुरुङ भाषामा नामाकरण भयो । तर कालान्तरमा जब ब्राÞमण खसहरुको आगमन भयो तब यसको नाम पोखैर शब्द अपभ्रंश भएर पोखरा हुन गयो । यतिमात्र नभई पोखरा आसपासको गाउँठाउँ, क्षेत्रहरुको नामहरु पनि विश्लेषण गरेर अध्ययन ग¥यौं भने गुरुङ भाषको नै अर्थको अनुभूत अुन्छ । हामी काँहु भन्दछौं, गुरुङ भाषामा काँ भनेको च्यापु र पूँm भनेको दाना या उठेको भाग भन्ने अर्थ लाग्छ । काँहु डाडाँ च्यापु जस्तो उठेको हुनाले यसलाई काँफु भनेर गुरुङ भाषामा नामकरण गरिएको हुनुपर्दछ । तर कालान्तरमा काँफु शब्द अपभ्रंश भएर काँहु हुन पुगेको हुनुपर्दछ । पुम्दीभुम्दी शब्दको अर्थ पनि गुरुङ भाषामा लाग्दछ । पु भनेको गुरुङ भाषामा माटोको भाडो या आरी या हण्डा बुझाउँछ । मुदी भनेको छ या रहेछ भन्ने अर्थ लाग्छ । परापूर्व कालमा माटोको भाडाकुडा बनाउने ठाउँ हुनाको कारण पुमुदी अर्थात आरी या हण्डा या हाँडी रहेछ भन्ने नामाकरण गरिएको हुनसक्छ । कालान्तरमा पुमुदी शब्द अपभ्रंशित भएर पुम्दी हुन पुगेको हुनुपर्दछ । यसरी नै भुं भनेको जमिनमा प्वाल वा खाल्डो वा दुलो हुनु हो । यसलाई गुरुङ भाषामा भुमुदी नामाकरण भयो र कालान्तरमा अपभ्रंशित भएर भुम्दी हुन गएको हुनु पर्दछ । किनकि कुनै कालखण्डमा त्यस स्थानमा कुनै कारणबस जमिन भासिन गई खाल्डो या दुलो या प्वाल परेको हुनाले त्यस ठाउँको नाम भुम्दी राखिएको हुनुपर्दछ ।
यसरी नै फेवा भन्ने शब्द पनि गुरुङ भाषाको उपज हो । किनकि फेवा भनेको गुरुङ भाषामा ढोग गर्नु हुन्छ । आदिमकालमा गुरुङहरुल्े भूमि,भयेर, नागनागिनी, सिद्ध झाक्री, बन देवता, देवदेवी आदिको प्राकृतिक पुजा गर्ने गर्दथे । आदिम कालमा फेवा ताल पारीको बनमा गुरुङहरुले विभिन्न देवीदेवताको पुजा गरेपछि प्रकृतिलाई ढोग गर्ने चलन रहेको हुदा त्यस ठाउँलाई फेवा नामाकरण गरिएको हुनुपर्दछ । जुन कालान्तरमा परिवर्तनसंगै फेवातालको नामले अहिले विद्यमान छ । त्यस्तै लुम्ले शब्द – तमु भाषामा लु भनेको सिक्नु या बाल्नु या नाग तिन अर्थ दिन्छ । यसरी विश्लेषण गर्दा लुम्लेमा भएको आदिम तमुहरुले धेरै सिक्ने गर्दथे या धेरै आगो बाल्ने गर्दथे या त धेरै नाग (सर्प) भएको स्थान हुनाले यसको नामाकरण लुम्ले हुन गयो । यसैगरी वर्तमान धम्पुस नामको पनि तमु भाषामा त्होम्लें हुन्छ जसको अर्थ धेरै भेट हुने स्थान भन्ने हुन्छ । त्हों भनेको भेट हुनु र ले भनेको धेरै हो । यसरी प्रखर अध्ययन  गर्दै लैजाने हो भने यस गण्डक क्षेत्र÷तमुवानका सम्पूर्ण स्थानहरुको नामाकरण गुरुङ भाषामा नामाकरण भएको थियो । यतिमात्र नभई सम्पूर्ण वस्तुहरु तथा बोलचालको आदानप्रदान माध्यम नै तमु(गुरुङ) भाषामा हुने गर्दथ्यो । जब ब्राÞमण, खसहरुको आगमन भयो । शासन सत्तामा उनीहरुको हाली मुहाली हुन थाल्यो तत् पश्चात् आदिवासी गुरुङहरको मातृभाषामा ठूलो खलबली तथा ह्रास आउन थाल्यो विस्तारै गुरुङ भाषाको नाम भएको स्थानहरु खस भाषाको कारण विस्थापित हुदै गयो। विशेषगरेर गुरुङ भाषामा लिपिको अभावले झन् ठूलो दरार ल्याएको छ । भरखरमात्र सिर्जनमा भएको खे प्रि लिपिमा पठनपाठन हुन सके गुरुङ मातृभाषा पलायन हुनबाट जोगिने छ  भन्ने विश्वास गर्न सकिन्छ । यसरी मातृभाषा संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लाग्नु पर्ने अपरिहार्य समय भैसकेको छ । नत्र तमु क्युई इतिहासको पन्नामा मात्र सिमित रहनेछ ।
लिपिको अभावमा लिखित दस्तावेज नहुदा हामी आदिवासी गुरुङहरुको ऐतिहासिक पृष्ठभूमि छायाँमा परेको छ । कुशल योद्धाको रुपमा चिनिने हामी आदिवासी गुरुङहरुको इतिहास विश्वको दुई वटा महायुद्धले प्रमाणित गरेको छ । गोर्खाको लिगलिगमा घले राजा शाह राजासंगको हारपछि शाहवंशीय राजाको सेवामा लागेर आÇनो अस्तित्व गुमाउन पुग्यो । आज तमुहरु आÇनो अस्तितवको लडाईमा सव एकजुठ भएर लाग्नु अपरिहार्य भएको छ । फुटेर होइन, जुटेर सवैसंग भाईचारा र सौहार्दताको नाता जोडेर आÇनो अस्तित्वको लागि एकजुठ भएर अघि बढौं । आसिमाला ।