Archives

तमु संस्कार संस्कृति, भाषा र पोखराको नामाकरण

Tamu Culture– मन बहादुर तमु

‘ प्ये म्हस्या ल्हु म्हमु, ल्हु म्हस्या छ्या म्हमु, छ्या म्हस्या म्हीम्हमु !’ (शास्त्र हराए विद्या हराउँछ, विद्या हराए परम्परा र संस्कृति हराउँछ, परम्परा संस्कृति हराए मान्छे हराउँछ ।)
पुरातात्विक विद्हरुको अनुसार पृथ्वीको उत्पत्ति भएको ३३ करोड वर्ष भयो र पृथ्वीमा जिवात्मा उत्पत्ति भएको ३० करोड वर्ष भयो । यहि क्रममा आदिम कालदेखि समयको परिक्रमा र परिवर्तन संगसंगै मानव जातिको सवैभन्दा पुरानो सभ्यता स्थल इराकको मेसोपोटामिया हो । जुन युफ्रेटश र टाइग्रिस नदिको किनारमा अवस्थित छ । मेसोपोटामियाको मानव सभ्यता चरम सिमामा पुगेपछि मानव बस्ती बाक्लो हुदै गयो । तत् पश्चात उनीहरु चार दिशातर्फ लागे । पूर्वतर्फ लाग्ने मानवहरु ककेसस हुदै सिन्ध नदिको किनार सिन्धघाँटीमा आएर मोहन–जो–दारो सभ्यताको विकास गरे । सिन्ध सभ्यतापश्चात भारत वर्षमा फैलियो । दक्षिणतर्फ जाने मानवहरुले मिश्रको नाइल नदि किनारमा नाइल सभ्यताको विकास गरे । नाइल सभ्यतापश्चात उत्तर अफ्रिका र अरब देशहरुमा फैलियो । त्यसैगरी पश्चिमतर्पm जाने मानवहरुले ग्रीस पुगेर ग्रिक सभ्यताको विकास गरे । ग्रिक सभ्यतापश्चात फैलिएर युरोप ढाक्यो । उत्तरतर्पm लाग्ने मानवहरुले मंगोलियाको गोवी मरुस्थलमा तातर नदी किनारमा तातर सभ्यताको विकास गरे । यही तातर सभ्यता पश्चात् मानव समुदाय फैलिदै गएर दक्षिण पूर्वतर्पm लागेर चीन, कोरिया, जापान हुदै दक्षिण पूर्वको देशहरु भियतनाम, बर्मा, थाइल्याण्ड र कम्बोडियासम्म पैmलिएर रहेको छ । यसको अलावा भुमध्य रेखिय क्षेत्र जावा, सुमात्रा, बोनिर्यो र दक्षिण भारतमा ड्रविडहरु थिए । अफ्रिकामा नेग्रोटा र उत्तर अमेरिकामा रेड इण्डियन तथा दक्षिण अमेरिकामा मायोज र एज्टेक आदिवासीहरु थिए ।
यस स्तम्भमा खासगरी आदिवासी जनजाति तमु (गुरुङ) हरुको उद्गम थलो क्होंला सोंथर मानिदै आएको छ, यसै प्रसंग अुनुरुप यहाँ यस लेखमा आदिवासी गुरुङ समुदायले सभ्यताको स्थल क्होला सोंथर सम्म आउनको लागि तातर सभ्यता मंगोलियाबाट चिन, तिब्वत हुदै नेपाल प्रवेश गरेको छर्लड्ड छ । यस अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा बसोबास गरेको आदिवासी जनजाति गुरुङहरुले आÇनो संस्कार, संस्कृति, भाषा, भेषभुषा र धर्मको उजागर गरेर सामाजिक र सांस्कृतिक अवस्थामा रहन थाले । यिनीहरुले आÇनै मौलिक भाष सिर्जना गरी गाउँठाउँ, भूमि, स्थान र स्थलको नामाकरण गुरुङ भाषामा नै राख्ने गरियो ।
संस्कार र संस्कृति भनेको के हो ? यस विषयमा गहन विचार पु¥याउनु जरुरी छ । झट्ट बुझ्दा मानवको परम्पराकाल बाट विकसित हुदै आएको आÇनो रहनसहन र चालचलन भन्ने बुझिन्छ । तर संस्कृति, संस्कार भनेको बोद्धिक विकास हो जुन मानव जातिले प्रारम्भिक ढुंगे युगबाट आÇनो बौद्धिक क्षमताको आधारलाई विकसित गर्दै ल्याएर एक स्थायित्वको रुपमा ग्रहण गर्दै आए र यसलाई आस्था र विश्वासको रुपमा लिदै आÇनो दैनिकी चलाउन थाले । संस्कार, संस्कृतिसँग धेरै आधारभूत विषयहरु जोडिएको हुन्छ । जस्तै जीवनशैली, गीत–संगीत, साहित्य, कला, आस्था, विश्वास, धर्म, भाषा, भेषभुषा, विज्ञान, प्रविधि आदि पर्दछन् । संस्कारसंस्कृति एक मुल्य र मान्यता पनि हो जो मानव जीवनमा प्रायशः सधै जसो उपयोगमा आईरहन्छ । संस्कार–संस्कृति एक परम्पराबाट नै चली आएको बौद्धिक विकासको परिणाम हो, जसलाई एकपछि अर्को गर्दै पिडीपछि पिडीले मान्दै आएको एक नियम हो । यसरी संस्कार संस्कृतिसंग यथेष्ठ विषय वस्तुहरु जोडिएको छ जसले गर्दा मानव सभ्यताको इतिहासमा गहिरो असर परेको छ ।
संस्कार, संस्कृति कसरी सुरु भयो ? संस्कारबाटै संस्कृतिको विकास भयो । यहाँ एउटा तमु कथातर्पm ध्यान दिन उचित सम्झन्छु । प्राचिनकालमा शिकारी अवस्थाको समय तिनजना शिकारीहरु (तमुहरु) आÇनो घरगुफाबाट शिकार गर्ने क्रममा जंगलतर्पm लागे । यसरी अगाडि बढ्ने क्रममा धेरै टाढा पुगे । शिकार गर्ने क्रममा ति तिन जना शिकारीहरु मध्ये एकजना शिकारीको दुर्घटनामा मृत्यु भयो । यसरी साथी मरेपछि बोकेर घरगुफासम्म ल्याउन असमर्थ र असम्भव भएपछि दुई भाई मिलेर खाल्डो खनेर गाडेपछि चिनु या चिन्ह राख्नु पर्ने अवस्था आयो किनकि घरगुफामा पुगेपछि अरु परिवारलाई खबर गरेर मृतक गाडेको चिहान देखाउन पर्ने भयो । यसको लागि ती दुई जनाले मृतकसँग रहेको हतियार (लौरो÷दाउराको भाला) त्यही मृतक गाडेको चिहान माथि गाडेर उनीहरु घरगुफा फर्के । भोलि पल्ट अरु परिवारलाई ल्याएर सो ठाउँ देखाउनको लागि लौरो÷दाउराको भालाले ठूलो मद्दत पु¥यायो र चिहान पहिल्याउन सफल भयो । त्यही गाडेको लौरो÷दाउराको भालालाई संस्कार अनुसार अनुसरण गरेर आजको संस्कृतिमा मृत गुरुङको अर्घौं (पइ कार्य) गर्ने समयमा आला गाड्ने चलन छ । जो गुरुङ संस्कृतिको लागि अहम मान्न सकिन्छ । यो एक श्रुत कथा हो, जुन वास्तविकतासँग मेल खान्छ ।
भाषाको विकासपश्चात् आदिवासी जनजाति गुरुङ समुदायले प्रकृतिको रुप, रंग, स्वभाव र स्वरुप अनुरुप वस्तुहरुको नामाकरण राख्दै लगियो । यसरी नै गाउँठाउँ, क्षेत्र, बस्ती र वस्तुहरुको नामाकरण हुदै गयो । भाषा परिवर्तनसिल हुन्छ, जसको कारण मौलिक शव्दहरु अपभ्रंशित भएर समयको क्रमसंगै कहिलेकाही फरक पर्न जान्छ । संस्कार–संस्कृतिमा भाषाको गहिरो सम्बन्ध रहन्छ । जसको असर धर्म, भेषभुषामा समेत पर्दछ । हुन त प्रकृतिको स्वरुप र बनावटले पनि भाषामा असर पर्दछ, जसको असर संस्कृति धर्म, भेषभुषामा पर्न जान्छ । जलवायुको असरपनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।
आज हमी पर्यटकीय सुन्दर सहर पोखराको सौन्दर्य र यहाँको प्राकृतिक दृश्यहरुलाई मनमोहक ढंगबाट साहित्यिक गद्य,पद्य, गीत, संगित र भावनाको अंगालो भित्र बाधेर बर्णन गर्छौं । यस पोखरा शब्दको गहिरो विश्लेषण गरेर यसको परिभाषा खोज्यौं भने यो ज्यादै अर्थपूर्ण छ । खास गरेर गुरुङ भाषामा ‘पो’ भनेको हिलो माटोको डल्ला वा आँगन भन्ने अर्थ लाग्छ । त्यस्तै ‘खैर’ भनेको गुरुङ भाषामा आएर हुन्छ । अर्थात ‘पोखैर’ भनेको हिलो माटोको डल्ला आएर बनेको आँगन भन्ने अर्थ लाग्छ । यसरी आदिम कालमा सेति नदीले बगाई ल्याएको हिलो माटो थुप्रिएर बनेको हुनाले यस स्थललाई पोखैर भन्ने गुरुङ भाषामा नामाकरण भयो । तर कालान्तरमा जब ब्राÞमण खसहरुको आगमन भयो तब यसको नाम पोखैर शब्द अपभ्रंश भएर पोखरा हुन गयो । यतिमात्र नभई पोखरा आसपासको गाउँठाउँ, क्षेत्रहरुको नामहरु पनि विश्लेषण गरेर अध्ययन ग¥यौं भने गुरुङ भाषको नै अर्थको अनुभूत अुन्छ । हामी काँहु भन्दछौं, गुरुङ भाषामा काँ भनेको च्यापु र पूँm भनेको दाना या उठेको भाग भन्ने अर्थ लाग्छ । काँहु डाडाँ च्यापु जस्तो उठेको हुनाले यसलाई काँफु भनेर गुरुङ भाषामा नामकरण गरिएको हुनुपर्दछ । तर कालान्तरमा काँफु शब्द अपभ्रंश भएर काँहु हुन पुगेको हुनुपर्दछ । पुम्दीभुम्दी शब्दको अर्थ पनि गुरुङ भाषामा लाग्दछ । पु भनेको गुरुङ भाषामा माटोको भाडो या आरी या हण्डा बुझाउँछ । मुदी भनेको छ या रहेछ भन्ने अर्थ लाग्छ । परापूर्व कालमा माटोको भाडाकुडा बनाउने ठाउँ हुनाको कारण पुमुदी अर्थात आरी या हण्डा या हाँडी रहेछ भन्ने नामाकरण गरिएको हुनसक्छ । कालान्तरमा पुमुदी शब्द अपभ्रंशित भएर पुम्दी हुन पुगेको हुनुपर्दछ । यसरी नै भुं भनेको जमिनमा प्वाल वा खाल्डो वा दुलो हुनु हो । यसलाई गुरुङ भाषामा भुमुदी नामाकरण भयो र कालान्तरमा अपभ्रंशित भएर भुम्दी हुन गएको हुनु पर्दछ । किनकि कुनै कालखण्डमा त्यस स्थानमा कुनै कारणबस जमिन भासिन गई खाल्डो या दुलो या प्वाल परेको हुनाले त्यस ठाउँको नाम भुम्दी राखिएको हुनुपर्दछ ।
यसरी नै फेवा भन्ने शब्द पनि गुरुङ भाषाको उपज हो । किनकि फेवा भनेको गुरुङ भाषामा ढोग गर्नु हुन्छ । आदिमकालमा गुरुङहरुल्े भूमि,भयेर, नागनागिनी, सिद्ध झाक्री, बन देवता, देवदेवी आदिको प्राकृतिक पुजा गर्ने गर्दथे । आदिम कालमा फेवा ताल पारीको बनमा गुरुङहरुले विभिन्न देवीदेवताको पुजा गरेपछि प्रकृतिलाई ढोग गर्ने चलन रहेको हुदा त्यस ठाउँलाई फेवा नामाकरण गरिएको हुनुपर्दछ । जुन कालान्तरमा परिवर्तनसंगै फेवातालको नामले अहिले विद्यमान छ । त्यस्तै लुम्ले शब्द – तमु भाषामा लु भनेको सिक्नु या बाल्नु या नाग तिन अर्थ दिन्छ । यसरी विश्लेषण गर्दा लुम्लेमा भएको आदिम तमुहरुले धेरै सिक्ने गर्दथे या धेरै आगो बाल्ने गर्दथे या त धेरै नाग (सर्प) भएको स्थान हुनाले यसको नामाकरण लुम्ले हुन गयो । यसैगरी वर्तमान धम्पुस नामको पनि तमु भाषामा त्होम्लें हुन्छ जसको अर्थ धेरै भेट हुने स्थान भन्ने हुन्छ । त्हों भनेको भेट हुनु र ले भनेको धेरै हो । यसरी प्रखर अध्ययन  गर्दै लैजाने हो भने यस गण्डक क्षेत्र÷तमुवानका सम्पूर्ण स्थानहरुको नामाकरण गुरुङ भाषामा नामाकरण भएको थियो । यतिमात्र नभई सम्पूर्ण वस्तुहरु तथा बोलचालको आदानप्रदान माध्यम नै तमु(गुरुङ) भाषामा हुने गर्दथ्यो । जब ब्राÞमण, खसहरुको आगमन भयो । शासन सत्तामा उनीहरुको हाली मुहाली हुन थाल्यो तत् पश्चात् आदिवासी गुरुङहरको मातृभाषामा ठूलो खलबली तथा ह्रास आउन थाल्यो विस्तारै गुरुङ भाषाको नाम भएको स्थानहरु खस भाषाको कारण विस्थापित हुदै गयो। विशेषगरेर गुरुङ भाषामा लिपिको अभावले झन् ठूलो दरार ल्याएको छ । भरखरमात्र सिर्जनमा भएको खे प्रि लिपिमा पठनपाठन हुन सके गुरुङ मातृभाषा पलायन हुनबाट जोगिने छ  भन्ने विश्वास गर्न सकिन्छ । यसरी मातृभाषा संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लाग्नु पर्ने अपरिहार्य समय भैसकेको छ । नत्र तमु क्युई इतिहासको पन्नामा मात्र सिमित रहनेछ ।
लिपिको अभावमा लिखित दस्तावेज नहुदा हामी आदिवासी गुरुङहरुको ऐतिहासिक पृष्ठभूमि छायाँमा परेको छ । कुशल योद्धाको रुपमा चिनिने हामी आदिवासी गुरुङहरुको इतिहास विश्वको दुई वटा महायुद्धले प्रमाणित गरेको छ । गोर्खाको लिगलिगमा घले राजा शाह राजासंगको हारपछि शाहवंशीय राजाको सेवामा लागेर आÇनो अस्तित्व गुमाउन पुग्यो । आज तमुहरु आÇनो अस्तितवको लडाईमा सव एकजुठ भएर लाग्नु अपरिहार्य भएको छ । फुटेर होइन, जुटेर सवैसंग भाईचारा र सौहार्दताको नाता जोडेर आÇनो अस्तित्वको लागि एकजुठ भएर अघि बढौं । आसिमाला ।